प्रलाद तिमल्सिना, बारा-                    सरल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रकास सापकोटा निर्वाचित भएका छन ।

हिजो आइतवार सम्पन्न प्रारम्भिक शाधारण भेलाबाट उपाध्यक्षमा गोरख बहादुर खड्का, सचिबमा बविनराज पौडेल, कोषाध्यक्षमा सीता ढकाल रहेका छन । त्यस्तै सदस्यहरुमा रामहरी वाग्ले,गोकुल तिमल्सिना, जगत बहादुर न्यौपाने (गोकुल), उमा कुमारी चौलागाईं ,दुर्गा भण्डारी रहेका छन ।

लेखा समिती संयोजकमा सौरभ अधिकारी, लेखा समिती सदस्यमा कमल पराजुली , गिता चौलागाईं रहनुभएको छ ।
सभाको प्रमुख अतिथिमा जेष्ठ सेयर सदस्य सितादेवि खडका रहनुभएको थियो भने निजगढ न.पा. वडा नं ३का वडा अध्यक्ष तथा संस्थाका सेयर सदस्य गोकुल तिमल्सिनालाई सम्मान गरिएको थियो ।

साधारण सभा सगरमाथा साकोसको सभाहलमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय