प्रलाद तिमल्सिना-वारा
निजगढ नगरपालिकाका प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको सरुवा भएको छ। यता निजगढ नगरपालीकामा भने थाहा नगरपालिकाका प्रशासकीय अधिकृत हरीलाल पुरी आउने भएका छन ।
संघीयमामिला तथा शामान्य प्रशासन मन्त्रालयको साउन ११ गतेको निर्णय अनुसार स्थानीय सरकार संचालन एन २०७४ को दफा ८४ को उपदफा(४) बमोजिम मन्त्रालयको अतिरिक्त दरबन्दी कायम राखी पुरी लाई निजगढ नगरपालिका बारा सरुवा गरियको मन्त्रालयले जनायको पुरीले आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेका छन।
निजगढ नगरपालिकामा कार्यरत सुमन कुमार कार्की भने वाराकै पचरौता नगरपालीकामा सुरवा भएका हुन ।