भरत घिमिरे, निजगढ, १५ भदौ –    नेपाली नारीहरुको महान चाड हरितालिका तीज निजगढ नगरपालिका वडा नं ६मा एक कार्यक्रमको बिच मनाईएको छ।

निजगढ नगरपालिका वडा नम्बर ६ कार्यलयको आयोजनामा पनि वडा बासी हरुलाई साथै सम्पुर्ण लाई निमन्त्रणा गरी तीज कार्यक्रम नाचगान गरेर भव्य रुपमा मनाईएको छ । वृद्ध आमा हरु दिदिबहिनी र सानासाना नानिहरुको नाचले कार्यक्रमको महोल निकै बेर तातिएको थियो । उक्त तीज कार्यक्रममा प्रमुख अतिथी – निजगढ नगरपालिका का उपमेयर सोममाया थिङ्ग बिशिष्ठ अतिथि मा – वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना अतिथीहरुमा – वडा सदस्य मिना बिश्वकर्मा , आशा श्रेष्ठ , पुर्व वडा अध्यक्ष कुश बहादुर थापा , सदस्य राम प्रसाद हुमगाइं साथै बुद्धिजीवी आमबुबाको पनि उपस्थित थियो ।

हामीले हाम्रो कुनै पनि कला संस्कृति चाडपर्व यसैगरी मनाउदै आउनु पर्छ , कला संस्कृतिले समाज निर्माणमा टेवा पुर्याउने काम पनि गर्दछ र आगामी दिनमा अझै तिब्र रुपले कार्यक्रम मनाउनुको साथै मेरो तर्फ र नगरपालिकाको तर्फ बाट संस्कृति जगेर्न गर्नको निम्ति सधैँ साथ सहयोग गर्ने  बताउनुहुन्छ निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग ।

 

त्यस्तै वडा नम्बर ६ क अध्यक्ष घनश्याम तिमल्सिनाले पनि हाम्रो पुर्खाले जोगाईराखेको कला संस्कृति चाडपर्व हामिले कहिले मास्न नहुने र यसलाई भावी सन्ततिले समेत जगेर्ना गर्ने गरि अहिलेको पुस्ता देखिनै यसको संरक्षण गर्दै जानू पर्नेमा जोड दिएका छन् । उनले भने कुनै पनि पर्वको लागि वडाले गरुपर्ने साथ सहयोग सधैँ रहनेछ हामी यसको लागि एककदम अगाडि छौँ बिकृती र बिसंगतीले हाम्रो हरेक परम्परा लोप हुने सम्भावना धेरै भएकोले हामिले यसलाई विशेष प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने पनि बताउँदै सम्पुर्ण महिलाहरुलाई तीजको शुभकामना दिनुभएको थियो ।

यसैबीच हिजो हरितालिका तीजको अवसरमा निजगढका विभिन्न शिवालयमा श्रद्धालु महिलाहरुको भीड लागेको छ । निजगढ ९ को वाक्यश्वर, वडा नम्बर ४ को पर्वतनाथ महादेव, निजगढ ८ को ऋषेश्वर, निजगढ १३ डम्बरपुरको शक्तेश्वर, निजगढ ११ रतनपुर महादेव, निजगढ १२ को कोलगाउँको पशुपति मन्दिर, र निजगढ २ सिंगौलकोे शिव मन्दिरहरुमा श्रद्धालु महिलाहरुले नाचगान सहित महादेवको पूजा गरेका हुन ।

विशेष गरी तीजमा माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने प्रचालन छ । दर खाएपछि मंगलवारबाट औपचारिक रुपमा सुरु भएको तीज पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाउने गरिन्छ । मंगलवार तृतीयाका दिन हरितालिका व्रत, बुधवार चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय