नेपाल फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा दिवाकर भण्डारी चयन भएका छन् । शुक्रबार(आज) निजगढमा भएको दोस्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोइराला, कोषाध्यक्षमा प्रलाद तिमिल्सिना रहेका छन्। यसैगरी सदस्यमा प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेललगायत चयन भएका छन्।

अधिवेशनले गोकुल घोरसाईनेसहित लक्ष्मी साह, रेशम तिवारी, प्रकाश लम्साल, सिकेन्द्र पासवान र फैजुल्लाह आलमलाई सल्लाहकार चयन गरेको छ।

अधिवेशनको बन्द सत्रले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै महासंघको भवन निर्माणका लागि निजगढ नगरपालिकासँग जग्गा प्राप्तिका लागि यसअघि गरिएको निवेदनमा गम्भीर हुन आग्रह गर्ने निर्णय गरेको छ।

महासंघले लामो समयदेखि निजगढमा जमिन प्राप्तिका लागि माग राख्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय