बाराको निजगढ नगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट घनश्याम तिमल्सिना अध्यक्षतामा ४५ सदश्सीय नगर कमिटी गठन गरिएको छ ।

जसको उपाअध्यक्षमा पवन पुलामी, सचिवमा प्रशान्त तामाङ, कोषाध्यक्षमा मनमाया श्रेष्ठ उप–सचिवमा कृष्ण महत्तो र निरोज खतिवडा रहेका छन । निजगढ नगर उद्योग बाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको नगर अधिवेशनलाई कार्याक्रमका प्रमुख आतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले उद्घाटन गरका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले नेकपा एमाले फुटले बारामा कतै पार्टी कम्जोर भयो कि भन्ने भ्रममा नपर्न सबै कार्यक्रतालाई अनुरोध गरेका छन् । उनले पार्टी फुटे पनि त्यो क्षेति पुर्ति भईसकेको बताएका छन् । उनले आउदो निर्वाचनमा नेकपा एमालेलाई झन बलियो देखेर डराएर अन्य पार्टीले मोर्चा बन्दि गरेको बताए । जति मोर्चा बन्दि गरे पनि एमालेको जित सुनिश्चित भएको दाबि समेत उनले गरे ।

 

यस्तै प्रमुख आतिथि अध्यक्ष पौडेलले समाज र देश बनाउना युवा शक्तिको खोचो भए भै पार्टी बलियो बनाउनुमा पनि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले त्यो अनुसारले लाग्ना राष्ट्रिय युवा संघ नेपाल निजगढ कमिटी अग्रह गरका छन् । आउदो निर्वाचनमा नेकपा एमाले लाई जिताउना युवा संघ नै क्रियाशिल भएर लाग्नु पर्ने भएकाले अब चुस्त दुरुस्त भएर लाग्ना उनले अनरोध गरे ।

कार्यक्रमा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, युवा संघ नेपालका बारा जिल्ला ईन्चार्ज तिलक घलान, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य इराज कोइरालालगायतले कार्यक्रमामा शुभकामना मन्तव्य राखेका थिए ।

युवा संघ नेपालका निजगढका अध्यक्ष माधब न्यौपानेको सभाअध्यक्ष भएको कार्यक्रमका संचालन श्याम कृष्ण घिमिरेले गरका थिए ।

युथ फोर्स गठन

यस्तैबिच अधिवेशनमा युवा संघको कमिटीलाई चलायमान बनाउन युथ फोर्स समेत गठन गरिएको छ । अधिवेशनले युवा संघ नेपालका निजगढका निवर्तमान अध्यक्ष माधब न्यौपानेको संयोजक र मुकेश शाहको सह–संयोजक रहेको ३४ सदस्यीय युथ फोर्सको कमिटी गठन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय