बाराको निजगढ ६मा रहेको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले निजगढको सिङ्गौलमा पनि शुक्रवारबाट दुग्ध संकलन केन्द्र संचालनमा ल्याएको छ ।

निजगढ नगरपालिकाको वडा नम्बर १ मा संचालनमा आएको उक्त केन्द्र बागदेव दुग्ध उत्पादक सहकारी सस्थाको १३ औं दुग्ध सङ्कलन केन्द्र हो । दुध संकलन केन्द्रको शुक्रवार एक कार्यक्रमबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्घाटन गर्नु भएको हो । दुग्ध उत्पादक सहकारी सस्थाको भबनमा आगामी असोज १ गतेबाट बिहान र बेलुका दुबै समय दुग्ध सङ्कलन हुने संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाका अनुसार सङ्कलन केन्द्रबाट नेपाल सरकारले निर्धारण गरेको भन्दा थप मूल्यमा किसानले उत्पादन गरेको दुध सङ्कलन र सहुलियत दरमा स्थानीयलाई बिक्री गरिने छ ।

त्यसैगरी निशुल्क भेटेनरी, कृतिम गर्भाधारण सेवा सहित दुग्ध बिक्रीको रकमबाट कट्टी हुने गरी ढुटो, दाना, चोकर र १०% छुट सहित पशु औषधिको पनि प्रबन्ध गरिएको उहाँले बताउनुभयो । सापकोटाका अनुसार केन्द्राबाट निजगढ नगरपालिकाबाट प्राप्त हुने प्रति लिटर दुधमा १ रुपैया अनुदान, कृषक तालिम, कृषक संचय कोष र पशु बिमाको पनि ब्यबस्था गरिएको छ ।

त्यसै गरी किसानलाई दुध बिक्रीको रकम बैङ्क खातामा चेक मार्फत भुक्तानी र दुग्धको बचत रकममा ८% ब्याज प्रदान गरिने लगायतका सुविधा रहेको पनि अध्यक्ष सापकोटाले बताउनुभयो । केन्द्र उद्धाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन सहित जनप्रतिनिधि र स्थानीय किसानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय