निजगढ नगरपालिकाले संविधान दिवसको अवसरमा हिजो साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

यसअघि बिहान सरसफाइ तथा झण्डोलोत्तन कार्यक्रम आयोजना गरेको नगर कार्यपालिका कार्यालयले साँझ दिपावली गरेको हो । निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले मैन बत्ति बालेर सुभारम्भ गरेपछि कार्यक्रमका सहभागीले पनि दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा उपप्रमुख सोम माया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसअघि संविधान दिवसको अवसरमा निजगढ नगरपालिकाको कार्यालयले हिजो बिहान कार्यालय परिसरमा सरसफाइ गर्नुको साथै नगर प्रमुख पुरीले नेपालको राष्ट्रिय झण्डा झण्डोलोत्तन गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले नेपालको संविधानले सबै वर्ग, समुदाय, क्षेत्र, भाषाभाषीको हक अधिकारको संरक्षण, समानुपातिक समावेशिताको सुनिश्चिता गरी राष्ट्रिय एकतालाई दरिलो बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय