नेकपा (एमाले) बारा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम मंगलबार कोल्हवीमा सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर १ को आयोजनामा भएको प्रशिक्षण भेला नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य पौडेलले निर्वाचनमा केन्द्रित भएर एमालेको पक्षमा जनमत बनाउन निर्देशन दिएका छन । उनले निर्वाचनमा एमालेलाई बिजयी बनाउने जनता तयार र विगतका भए गरेका गल्तीहरुलाई सच्याउदै आगामी दिनहरुमा नयाँ सोच विचारका साथ संगठनलाई थप बलियो बनाउदै अगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

यस्तै विशिष्ट अतिथि तथा एमाले नेता सुमन प्याकुरेलले भेलालाई संम्बोदन गर्दै आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढनुपर्ने पनि बताए । उनले नेकपा एमाले नै आगामि दिनमा पहिलो पार्टी हुने दाबि गरे ।

यस्तै कार्यक्रमका नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भरत भण्डारीले पार्टी बाट छुटीएर गएकाहरु फेरि पनि एमाले मै फर्केर आउने कुरामा जोड दिए ।

कार्यक्रममा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधि सभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी लगायतले बोलेका थिए ।

भेलामा कोल्हवी नगर कमिटीका अध्यक्ष पुरनदेव चौधरीले स्वागत मन्तव्य र कार्यक्रमको संचालन एमाले जिल्ला कमिटी सदस्य रामकृष्ण घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय