बसन्त लामा, सिंगौल | निजगढ नगरपालिकाको वडा नम्बर ३ पिपलटार स्थित हिमाल युवा क्लब द्धारा खुल्ला नकाउट फुटबल प्रतियोगिताको समुदघाटन गरियकोछ |

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी उपप्रमुख सोम माया थिङको प्रमुख आतिथ्यमा खुल्ला नकाउट फुटवल प्रतियोगिताको समउद्घाटन गरिएको हो |

समुदघाटन कार्यक्रमको बिसिस्ट अतिथिमा वडा नम्बर ३ को वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिना वडा सदस्य बुर्गान बल चनि बिक, खडक बहादुर तिमल्सिना कार्यपालिका सदश्य मान बहादुर ड़ासेली ने क पा एमाले पार्टी को जिल्ला सदश्य गणेश बहादुर लामाको उपस्थित रहेको थियो |

समुदघाटन कार्यक्रमामा प्रमुख  पुरीले निजगढ नगरपालिका भित्र युवा मात्र हैन महिलाहरुले पनि फुटबल खेलमा फडको मारी सकेकोले  हिमाल युवा क्लबले बिकासको क्रम लाइ निरन्तर दिनको लागि आग्रह समेत आफ्नो भनाइमा राखनु भएको थियो |

आज भएको फुटवल प्रतियोगितामा एस वाइ सि क्लब र जना एकता क्लब बिच खेल ४ बजे बाट खेल सुरु भएको हो |

खेलमा  दुवै टिम को ९० मिनेट को खेलमा पनि १ १ गोलको बराबरी रहेपछि १० मिनेट थापा गरि खेलियको खेलमा पनि बराबरी रहेपछि ट्राइबेकार गरेको थियो |

ट्राइबेकारमा पनि दुवै टिम बराबरी भएपछी टस गर्दा जन एकता युवा क्लब बि बिजय भएको छ |

आजको भएको फुटवल प्रतियोगिता म्याच अफद म्याच जन एकता युवा क्लब को जर्सी नम्बर ६ को बिबेक दर्लामी मगर घोषित गरियकोहो |

म्याच अफद म्याच भएको खेलाडी लाइ ट्रफी वडा नम्बर ३ को वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाले वितरण गरियको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय