बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली र क्षेत्र नम्बर १ (२) मा जसपा नेपालबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सरोज यादवले आज मंगलवार बिहानबाट सिम्रौनगढ नगरपालिकाका विभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरेका छन । सिम्रौनगढ वडा नम्बर १ बाट सुरु भएको घरदैलो श्रीनगरबैरिया हुदै दिउसो खजानी पुगेको थियो । कार्यक्रममा उम्मेदवार मैनाली र यादवसंगै एमाले÷जसपाका कार्यकर्ता र ठुलो संख्यामा स्थानीयको पनि सहभागिता रहेको छ । उम्मेदवारसहितको टोली भोट माग्दै घरघरमा आएपछि स्थानीय मतदाता पनि उत्साहित बनेका छन । उनीहरुले आगामी निर्वाचनमा मैनाली र यादवको जितको लागि शुभकामना र आर्शिवादसमेत दिएको एमाले क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक भरत भण्डारीले जानकारी दिनुभयो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र जसपाका उम्मेदवारले क्षेत्र नम्बर १ को दक्षिणी भेगमा पर्ने सिम्रौनगढ नपाबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन । सिम्रौनगढ नगरपालिका क्षेत्र जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र मानिन्छ । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित यादव मधेस प्रदेश सभाको सभामुख चुनिनु भएको थियो भने यसपटक उहाँलाई मधेस प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।
अघिल्लो निर्वाचनमा एमालेले झिनो मत हात पारेको सिम्रौनगढ क्षेत्रमा यसपटक जसपा उम्मेदवार यादवसंगै एमाले उम्मेदवार मैनालीको पक्षमा पनि राम्रो मत खस्ने देखिएको छ । यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा विजयी कांग्रेस सहमहामन्त्री एंव खानेपानीमन्त्री उमाकान्त चौधरीप्रति बढेको सर्वसाधारणको असन्तुष्टिले पनि एमाले र जसपा तालमेलबाट उम्मेदवार बनेका मैनाली र यादवलाई यसपटक फाइदा पुग्ने भएको हो । पटक पटक निर्वाचन जितेर संघीय सरकारको मन्त्री समेत बन्नुभएका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको भन्दै मतदातामा असन्तुष्टि चुलिएको छ । त्यसैगरी पार्टीभित्रको आन्तरिक गुटबन्दी र विवादले पनि सिम्रौनगढ क्षेत्रमा चौधरीको अवस्था कमजोर बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय