बसन्त लामा, सिंगौल |  निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा भोलि बाट ३ सम्म धार्मिक मेला लागने भएको छ ।

बिगत बर्षहरु मा ४ दिने धार्मिक मेला लाग्दै आएपनी यस वर्ष भने आसन्न प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचन लाइ मध्यनजर गर्दै १ दिन घटाएर ३ दिनको गुम्बा मेला लाग्ने भएको हो ।
टासिधार्गेलीङ बौद्ध गुम्बा मा पित्रृको सम्झनामा कार्तिक पुर्णिमाको दिन तामाङ समुदायहरुले रातभर वत्ती बाल्ले गरेका छन् ।

वत्ती बाल्ने कार्यसंगै मनोरंजनका लागि ३९ बर्ष अघिबाट मेला समेत लाग्दै आइरहेको स्थानियले बताउन्छन ।
कार्तिक पुर्णिमाको दिन आर्थिक हैसित बलियो भएकाहरु काठमाण्डौको स्वयम्भुनाथ, बौद्ध विहारमा गइ आफ्ना पित्रृको सम्झनामा बती बाल्ने गर्दछन्

सिंगौलको कमजोर आर्थीक अवस्था भएकाहरुले स्थानियले स्थानीय गुम्बा हरु मानै पित्रृमोक्षको कामना गर्ने गरेको नव गठित गुम्बा बेवास्थापना समितिका अध्यक्ष सुकराम जिम्बाले बताउनु भयो ।
गुम्बामा पित्रृको सम्झनामा बती बाल्ने कार्यका लागि सिंगौलमा रहेका तामाङ समुदायका अगुवाले आवश्यक ब्यवस्थापन गरेका छन् ।

उक्त स्थानमा बत्ति बाल्न र मेला भर्न छिमेकी जिल्ला मकवानपुर, रौतहट पर्सा सिन्धुली काभ्रे लगायतका विभिन्न स्थानहरुबाट समेत मानिसहरु आउने गरेको जिम्बा ले बताउनु भएकोछ ।
साबिक भरतगज सिंगौल वडा नम्बर ४ मा तामाङ समुदाय को बाक्लो बस्ती रहेको ले याभेगमा रहेको तामाङ समुदाय को समस्या लाइ परिरहेको समस्या लाइ मध्यनजर गर्दै स्वर्गीय टेक बहादुर योन्जन को पहलमा मिति २०४१ सालमा टासीधार्गेलीङ बौद्ध गुम्बा स्थापना गरियकोहो |

गुम्बा स्थापना भएसंगै सोहि स्थान को तामाङ समुदाय ले कार्तिक पुर्णिमाको दिन पित्रृ मोक्षको कामना गर्नु को साथै बती बाल्न को लागि सहज भएको स्थानीय को भनाइ रहेकोछ |

गुम्बा स्थापना कालमा पित्री को सम्झना मा बतीमात्र बाल्दै आइरहेको अबस्थामा स्थानीयको सहजताका निमित्त मेलाको समेत आयोजना हुँदै आएको गुम्बाको प्रमुख लामा ओमसाँङ ले बताउनु भएको छ ।
गुम्बामा पित्रृको सम्झनामा बती बाल्नेहरु मात्रै नभर्ई किनमेल र मनोरंजनका लागि समेत टाढा-टाढाबाट मानिसहरु आउने गर्दछन् ।

मेलामा रोटिपिङ, झुला ,इलेक्ट्रोनिक रेल, ड्राइग रेल र इलेक्ट्रोनिक हेलिप्याडको बेवास्था गरिएको छ ।
मेला २० गते बाट लागने भयता पनि ब्यपारिहरुका लागि विभिन्न स्टल भने आजै बाट वितरण गरि मेलाको सम्पूर्ण कार्य सम्पन्न भएको समेत राखिएको ३९ औं टासिधार्गेलीङ बौद्ध गुम्बा मेला बेवास्थापन समितिको अध्यक्ष विजय योन्जन ले बताए ।

मेलामा चर्चित गायक उर्गेन दोङ लगायत अन्य कलाकार र स्थानीय कलाकारहरुको मेलामा  प्रस्तुत रहने मेला बेवस्थापन समितिको उपाअध्यक्ष कारण बलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय