उच्च गतिमा सवारी हिड डुलका कारण हुने सम्भावित सडक दुर्घटना रोक्न निजगढ ६ स्थित गौरी शंकर मावि सडकटोलको विद्यालय अगाडी होडिङ्ग बोर्ड राखिएको छ ।

आधुनिक युवा क्लब निजगढ ६ द्वारा राखिएको सो होडिङ बोर्डमा गति सिमित सुचना झल्कने खालकाे हाेडिङ् वाेड राख्ने कार्य भएको हो ।

गौरीशंकर मावि निजगढ ६का प्रधानाध्यपक यादव कुमार तिमल्सिना र आधुनिक युवा क्लबका अध्यक्ष रुपक राज धाेरसाइनेले‌ सयुक्त रुपमा सो होडिङ्ग बोर्ड राख्ने कार्यको उदघाटन गर्नु भएको बताउछन क्लबका सचिब घनश्याम तिमल्सिना ।

उक्त कार्यक्रमा निजगढ वडा न ६ काे वडा सदस्य आशा श्वेष्ठ लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

नव निर्मित सडकमा उच्च गतिमा सवारी साधनहरु चल्ने भएकाले विद्यालय अगाडी सो सो होडिङ्ग बोर्ड  राखिएको बताउछन क्लबका सचिब घनश्याम तिमल्सिना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय