निजगढ नगरपालिकामा रहेको पहिलो महिलाहरुद्वारा महिलाहरुकै लागि संचालित निजगढ महिला बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १६ औ स्थापना दिवसको अवसरमा कल्याण समाज निजगढलाई सहयोग गरेको छ ।

निजगढ नगरपालिका वडा न ४ मा रहेको मानव कल्याण समाज निजगढ लाई १५ थान झुल, तीन जोर महिलाले लगाउने टिशर्ट र ट्राउजर,तथा १२ थान पुरुषले लगाउन मिल्ने टिशर्ट हस्तान्तरण गर्दै खाजा नास्ता गराउदै मनाएको छ | सस्थाको सस्थापक अध्यक्ष तथा निजगढ नगरपालिकाकि पुर्व नगर उप प्रमुख लिलादेवी लामिछाने खनालको बिशेष उपस्थितिमा निजगढ नगरपालिका वडा न ५ कि वडा सदस्य अशा चौलागाई, वडा न ६ कि वडा सदस्य अशा श्रेष्ठ , सस्थाकि अध्यक्ष शोभा राउत, उपाध्यक्ष मिरा पोखरेल, सचिव ललिता सापकोटा, कोषाध्यक्ष किरण श्रेष्ठ लगायत सस्थाको संचालक समिति सदस्यहरु, लेखा समिति सदस्यहरु, ऋण उपसमितिका सदस्यहरु तथा सस्थामा आवद्दता रहेका केहि शेयर सदस्य, सस्थाको कर्मचारीहरु एवं निजगढ नगरपालिका वडा न ४ मा रहेका सस्थाको समुहका व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको सस्थाकी अध्यक्ष शोभा कुमारी राउतले जानकारी दिनुभएको थियो |

मानव कल्याण समाज मा पुगेर खाधान्य लगायतका सामाग्री हस्तान्तरण गर्नुको साथै मंगलबार साझ सस्थाको आफ्नै कार्यालय भवनमा दीप प्रज्वलन गर्दै एकापसमा खुशी साटासाट गरेर सस्थाको १६औ स्थापना दिवस सम्पन्न गरेको सस्थाकी उपाध्यक्ष मिरा पोखरेलले बताउनुभएको छ | सस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सस्था द्वारा सन्चालित गार्मेन्ट उधोग बाट उत्पादन गरिएको सामाग्रीमा २० प्रतिशत छुट दिने ब्यवस्था मिलाईएको उपाध्यक्ष पोखरेलले बताउनुभएको छ ।

२०६३ सालमा चितवन जिल्लामा दर्ता भई निरन्तर सेवा दिदै आएको सस्थाको हाल निजगढ नगरपालिकाको वडा न ८ स्थित १४ धुर क्षेत्रफल जग्गामा निर्माण भएको तिनतले  भवन रहेको छ भने सस्थामा हाल ११९५जना शेयर सदस्य बिचमा कारोबार गर्दै आएको सस्थाले दुई वर्षदेखि निजगढमा महिला गार्मेन्ट संचालन गर्दै सात जनालाई रोजगार दिन समेत प्रदान गर्न सफल भएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय