जिल्ला ट्राफिक कार्यलय बाराले दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरमा टल्कने स्टिकर टासेको छ ।
जिल्लामा रहेको विभिन्न स्थानहरुमा शुक्रबार करिब ८५ वटा ट्रयाक्टरमा टल्कने स्टिकर टासेको जिल्ला ट्राफिक कार्यलय बाराका प्रहरी निरिक्षक शुरेश कुमार ठाकुर जानकारी दिनुभयो । बढदो दुर्घटनाबाट जोगिन सो कार्य गरेको ठाकुरले बताउनुभयो ।
केहि दिन अघि मात्रै छड बोकेर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ट्याक्टरमा ठोक्किएर एक युवकको घटनास्थलमै ज्यान गएको थियो ।
बिहिवार राति ८ बजे तिर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडीबाट जाँदै गरेको बा ८० प ४०२१ नम्बरको मोटरसाइकल कलैया उपमहानगरपालिका वडा नम्बर २३ स्थित शिवम पेट्रोल पम्प नजिकै ठोक्किदा एक युवकको ज्यान गएको हो ।
छड लोड रहेको ट्याक्टरमा ठोक्किदा मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २१ निवासी २५ वर्षीय राजन कुमार रामको मृत्यु भएको हो ।
दुर्घटना न्युनिकरण गर्न टल्कने स्टिकर साप्ताहिक कार्यक्रम रहेको ठाकुरले बताउनु भयो । ठाकुरका अनुसार १ सातामा जिल्ला भरिका ट्याक्टरमा सो कार्य गर्ने बताउनु भयो ।