बुद्ध जयन्तीको अवसरमा बाराको निजगढमा गौरीशंकर फाउण्डेशन ब्याच २०५७ ले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । निजगढ ९ स्थित सहिद चोकमा गरेको सो रक्तदान कार्यक्रममा ६ जना महिला सहित ३४ जनाले रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगन्जका रामविनय यादवको टोलीले प्रविधिक सहयोग उपलब्ध गराएको थियो । फाउण्डेशन ब्याच २०५७ निजगढमा हरेक वर्ष बुद्ध जयन्तिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

फाउण्डेशनले चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष खडगराज मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय