निजगढ नगरपालिका वडा नम्बर ३ वडा कार्यालयले स्थानीय किसानलाई धानको बिउ वितरण गरेको छ । वडा कार्यालयले हिजो र अस्ति ५० प्रतिशत अनुदानमा स्थानीय कृषकलाई राधा ४, सावा मनसुली र सावित्री जातको धानको बिउ वितरण गरेको हो ।

वडा नम्बर ३ मा पर्याप्त सिँचाई सुविधा नभएकोले अधिकांस किसानले राधा ४ जातको धान खेती गर्दैआएका छन । वडा कार्यालयले सूचना नै निकालेर कृषकलाई धानको बिउ वितरण गरेको पहिलो पटक हो । जानकारी बिना नै धानको बिउ वितरण गर्दा कतिपय किसानले थाहा नपाएर सेवा प्रयोग गर्न नपाएको भन्ने गुनासो आएपछि यसपटक सार्वजनिक सूचना निकालेर बिउ वितरण गरिएको वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले बताउनुभयो ।

निजगढ नगरपालिकाको सिंगौल वडा नम्बर ३ ले बर्षेनी धानको बिउ वितरण गर्दै आएको भएपनि सार्वजनिक सूचना नहुँदा कतिपय स्थानीयले सेवा प्राप्त गर्न सकेका थिएनन । वडा नम्बर ३ का पूर्वजनप्रतिनिधिले सरकारी निकाय र दातृनिकायबाट आएको सहयोगमा समेत आफ्नो पार्टी निकट व्यक्तिलाई मात्र वितरण गर्दै आएको गुनासो सर्वसाधारणले गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय