नेपाल वेसबल तथा सफ्टबल बारा जिल्ला समितिको अध्यक्षमा प्रशान्त थिङ्ग चयन भएका छन् । समितिको शनिवार बसेको बैठकले थिङ्गको सभा अध्यक्षतामा सम्पन्न गरेको थियो ।
समितिको उपाध्यक्षमा प्रवेश शर्मा, प्रितम लामा, सचिवमा रसिक सुवेदी, कोषाध्यक्षमा प्रशान्त बस्नेत रहेका छन् । यसैगरी समितिको सदस्यमा सनि गुप्ता, सृजन चौलागाई, उदयराज पाण्डे र सन्तोष गौतम चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल वेसबल तथा सफ्टबलका केन्द्रिय अध्यक्ष हरि धमला रहनु भएको थियो । विशिष्ट अतिथीमा टेक ब लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय