निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलमा स्थित गौरीशंकर माध्यामिक विद्यालयको भौतिक अवस्थाबारे जानकारी दिने उद्देश्यले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहिबार अनुगमन गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको अनुरोधमा विद्यालय अनुगमन गर्न आउनुभएका मुख्यमन्त्री यादवलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा, प्राधानाध्यापक यादवकुमार तिमल्सिना, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोमामाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा सदस्यहरु आशा श्रेष्ठ, मिना सुनुवार, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सम्झना थापा, लिलाबहादुर राउतलगायत विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक एवं स्थानीय सामाजिक अगुवा तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री विद्यालयमा पुगेपछि विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय गानसहित फूलको गुच्छा दिएर स्वागत गरेका थिए । सो अवसरमा मुख्यमन्त्री यादवलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले भूकम्पबाट क्षति भएर जीर्ण अवस्थामा रहेको पुरानो विद्यालय भवन विस्थापित गरी नयाँ भवन निर्माण गर्नुपर्ने र विद्यालयमा अन्य भौतिक एवं शैक्षिक गुणस्तरमा स्तरोंनातिको साथै विद्यालयमा नेपाल सरकार शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा कक्षा ९–१२ को प्राविधिक शिक्षा संचालान अनुमतिको लागि मधेस प्रदेश सरकारको तर्फबाट समेत सहयोग, समन्वय र सहकार्यको लागि अनुरोध गर्नुभएको थियो । मुख्यमन्त्री यादवद्वारा मधेस प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै विद्यालयमा रहेको समस्यालाई प्राथामिकीकरण गरेर योजना सहित आएमा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवले स्थलगत अनुगमन गर्दै विद्यालयको विकासमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको विद्यालयका प्राधानाध्यापक यादवकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ । उहाँले विद्यालयको अवलोकन गरेर समस्या बारेमा जानकारी लिएकोमा मुख्यमन्त्री यादवलाई धन्यवाद पनि दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय