बाराको निजगढ वडा नम्बर ९ मा रहेको फेण्डस सर्कल द्धारा संचालित कपडा बैङ्कको रंग रोगन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साझ क्लका अध्यक्ष अनिष पोखरेलकोे अगुवाइमा कपडा बैङ्कमा रंग रोगन र सरसफाइ गरिएको हो ।
करिब ३ वर्ष अगाडि देखि संचालनमा आएको उक्त कपडा बैङ्कमा रंग रोगन र सरसफाइ अध्यक्ष पोखरेलले बताउनुभयो । आफूलाई बढी भएको वा काम नलाग्ने अवस्थामा पुगेको कपडा ल्याएर बैङ्कमा राख्न सर्वसाधारणसंग अनुरोध क्लबका अध्यक्ष पोखरेलले गर्नुभएको छ । बढी भएको वा काम नलाग्ने अवस्थामा पुगेको कपडाबाट गरिव र विपन्नको आङ्ग ढाक्न सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताउनुभयो । क्लबले सामाजिक क्रियाकलाप अन्तर्गत अतिविपन्न वर्गका विद्यार्थी तथा बाढी र अग्नि पिडीतहरुलाई समेत सहयोग गदै आइरहेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष पोखरेल लगायत अन्य सदस्यहरु उत्तम अधिकारी, प्रकाश रौनियार, सिद्धान्त तिमल्सिना, प्रकाश रौनियार, नवराज दाहाल, गोपाल अधिकारी, राजेन्द्र लामा र बिपिन अधिकारी लगायतको.उपस्थिति रहेको थियो ।