बाराको निजगढ नगरपालिका वडा नम्बर ४ बाट एउटा टेक्टर चोरी भएको छ । चोरी गर्नेमा सोहि  टेक्टरका चालक  हुन ।

गएको बुधवार नजिकैको बकैया खोलामा ग्रेभल लिन भनेर घरबाट लगेको ना ३ त ४२४२ नम्बरका ए.सी. कम्पनीको टेक्टर चालकले चोरी गरेर अन्तै लगेको टेक्टर धनी विरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

सवारी धनि ठाकुरका अनुसार चालक स्थानिय जिल्ला बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा बस्ने रामप्रसाद पटेलको छोरा रामजिनिस पटेलले ट्याक्टर चोरी गरेका हुन । ठाकुरले चोरी भएको ट्याक्टरको खोजतलास जारी राखिएको अहिलेसम्म फेला पार्न नसकिएको बताउनुभयो ।

चोरी भएको टेक्टरको विषयमा ईलाका प्रहरी कार्यलयमा पुगेर सिसिटिभि फुटेज हेर्दा टेक्टर निजगढ बकैयाबाट भमरा तर्फ ग्रेभल  लोड सहित गएको टेक्टर धनी विरेन्द्र ठाकुरले जानकारी दिनुभयो । साथै टेक्टर देखेको खण्डमा र केहि जानकारी दिएमा रु १० हजार पुरस्कार दिने टेक्टर धनी ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय