राष्ट्रिय भूमि आयोग बाराको टोलीले आईतबार निजगढ नगरपालिकाका विभिन्न वडाहरुमा स्थलगत अनुगमन गरेको छ ।

निजगढ नगरपालिकामा हालसम्म सुकुम्बासी समस्या समाधानका लागि भएका कामहरूको निरीक्षण गर्ने क्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडियो) नवराज सापकोटा, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, आयोगका विज्ञ सदस्य केदारप्रसाद गौतम सहितको टोलीले क्षेत्रको स्थलगत अनुगमन गरेको हो । टोलीले निजगढ नगरपालिका वडा नम्बर १, ३, ४, ५ र ६ नम्बर वडाहरुमा अनुगमन गरेको हो ।

अनुगमनमा निजगढ नगरपालिकाका अधिकृत रविन घिमिरे, कार्यपालिका सदस्य फुलमाया लामा, नेपाली कांग्रेस निजगढ नगर समिति सभापती नवराज तिमल्सिना, नेकपा (माओवादी) पार्टीका मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, राष्ट्रिय स्वन्तत्र पार्टीका रामहरी खरेल, राष्ट्रिय प्रजातन्त्रबाट अध्यक्ष खडगप्रसाद उप्रेती, नेकपा समाजवादी पार्टीका अध्यक्ष भिमसेन सापकोटा लगायत स्थानीय सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो । निजगढ नगरपालिकाले २०७७ कार्तिक महिनादेखि भूमि सम्बन्धि समस्या समाधानका लागि काम गर्दै आएको छ । पालिकाले २०७८ साल पुस २४ गते सम्झौता गरेका कामलाई जारी राखेको हो ।

निजगढ नगरपालिकाले हाल बस्तीस्तरमा पुगेर जग्गा नापी कार्यलाई जारी राखेको छ । जग्गा नापी गर्न कार्यालयलले टोली खटाएको छ । पहिलो चरणमा नगरपालिकाले वडा नम्बर १ मा जग्गा नापीको काम पुरा गरी सकेको छ भने वडा नम्बर १३ मा नापीको काम अन्तिम चरणमा पुगेको छ । परामर्सदाता कम्पनीको तर्फबाट भएको नापी कार्यलाई अवश्यक परे नगरपालिकाले पुन-नापी गर्नसक्ने नगरप्रमुख सुरथ पुरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय