बाराको निजगढ नगरपालिका वडा नम्बर ३ स्थित बगरखोलामा तटबन्धन निर्माण कार्य सुरु भएको छ ।

मधेश प्रदेश संसद विकास कोषको १९ लाख ८० हजार रुपैयाँ र उपभोक्ता समितिको २ लाख २०हजार ३६० रुपैयाँको बजेटमा बगर खोलामा तटबन्धन निर्माण सुरु गरिएको हो । स्थानीय खडकबहादुर तिमल्सिनाको अध्यक्षतामा बगर खोलामा ५०० मिटर लामो तटबन्धन निर्माण भइरहेको छ । केहि वर्षअघि बगर खोलानजिक रहेको स्थानीयको खेतीयोग्य जमिनमा वर्षातको बाढी छिर्दा बगरमा परिणत भएको थियो । बाढीले खेती योग्यजमिनलाई बगरमा परिणत गरेपछि केही स्थानीय सो स्थानबाट विस्थापित भएर अन्यत्रै लागेका थिए ।

तटबन्धन निर्माणपछि सिंगौल वडा नम्बर. ३ का २० प्रतिशत जनताले लाभ प्राप्त गर्ने बताइएको छ । वडा नं. ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले स्थानीय तहको निर्वाचनमा मत माग्ने क्रममा बगर खोलामा तटबन्धन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । वर्षातको समयमा बगर खोला हिलाम्य हुँदा आवतजावतमा पनि समस्या हुने गरेकाले बाटो पनि व्यवस्थापन गर्ने भन्दै अध्यक्ष तिमल्सिनाले स्थानीयसँग मत माग्नुभएको थियो । सोही प्रतिवद्धताअनुरुप तटबन्ध निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

निर्वाचनको क्रममा दिएको वचन पुरा गर्ने उद्देश्यले बगर खोलामा तटबन्धन र दुई तले प्रतीक्षालय हुँदै टाँसीधार्गेली बौद्ध गुम्बा जाने बाटोमा इजिङ वाल सहितको सडक निर्माण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय