राष्ट्रिय स्वतन्त्र पार्टी निजगढको सभापती पदमा रामहरी खरेल निर्वाचित हुनुभएको छ ।

यसअघि पनि नगर समितिको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएका खरेल ४ जना अन्य उम्मेदवारलाई पछि पार्दै हिजो नगर सभापतीमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा राम उप्रेती, दिनेश त्रिपाठी र भानुभक्त गौतमले सभापती पदमा उम्मेदवारी दिएका थिए । भेलाले कार्यसमितिको सभापती सहित अन्य पदाधिकारीको चयन पनि मतदानबाट गरेको छ ।

कार्यसमितिको सचिवमा कुमार खडका चुनिनु भएको छ । भेलाले ११ सदस्यीय पदाधिकारीहरुको चयन चुनावबाट गरेको सभापती खरेलले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघको सभाहलमा भएको सो भेलामा सो पार्टीको केन्द्रीय सदस्य एंव सांसद चन्दा कार्की, शंकर श्रेष्ठ, कुशुम महर्जन, मधेस प्रदेश सभापती तपेश्वर यादव र जिल्ला संयोजक चन्दन स्वर्णाकारसहित नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय