निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय बागदेवले कम्प्युटर विषयमा ३ वर्षे डिप्लोमा कक्षाको भर्ना सुरु गरेको छ ।

सिटिइभिटीले अनुमति दिएपछि विद्यालयले कक्षा संचालनको लागि भर्ना सुरु गरेको हो । विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयमा यो वर्षबाट विद्यार्थीहरुको भर्ना गरेर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्ग विषयमा पठनपाठन गरिने जानकारी दिनुभयो । उहाँले कक्षा संचालनको लागि सिसिइभिटीबाट अनुमति प्राप्त भइसकेको र विद्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार सहित गुणस्तरीय शिक्षा प्रदान गरिने पनि बताउनुभयो ।

निजगढमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका विद्यालयहरु मध्ये एक प्रमुख विद्यालयको रुपमा रहेको सार्वजनिक माविले यसअघि देखि नै कक्षा ८ सम्म कम्प्युटरलाई अनिवार्य विषयको रुपमा पठनपाठन गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय