निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले नेपाल टेलिकमको टावर निजगढका केहि वडाहरुमा राम्रो सँग काम नगरेकाले छिटो सुचारु गर्नुपर्ने माग गर्नुभएको छ । जीतपुर–सिमरामा आयोजित नेपाल टेलिकमले हिजो आयोजना गरेको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पुरीले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौ–निजगढ फास्ट ट्रर्याकको संगमस्थलको रुपमा रहेको निजगढका केही वडाहरुमा नेपाल टेलिकमको र अन्य दुरसंचार कम्पनीको टावर पनि नटिप्ने समस्या भएकाले यथासिघ्र सेवा प्रभावकारी तुल्याउनु पर्ने बताउनुभयो ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम सरकारका प्रवक्ता रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माला लामाले निजगढमा नेपाल टेलिकमले आफ्नो सेवा स्तर उन्नति गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा संघीय सांसद ज्वालाकुमारी साह, प्रभु हजरा, प्रदेशसभा सदस्यहरु र पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपाल टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकमका कर्मचारीहरुसंग आग्रह गरेका थिए ।

कार्यक्रममा संचार मन्त्रालयका निमित्त सचिब एवम नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष बाबुराम भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधान, उप–प्रबन्ध नवल चौधरी, समिरबहादुर श्रेष्ठ, उप–प्रबन्धक निरञ्जन घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय