ग्लोबल आइएमई बैंक निजगढ शाखा द्वारा बाराको निजगढमा रहेको गौरीशंकर मावि ८लाई प्रिन्टर हस्तान्तरण गरेको छ ।

बैकले आज शुक्रबार एक कार्यक्रम बिच ४ थान एचपिको प्रिन्टर  हस्तान्तरण गरेको थियो ।  बैंकका निजगढ शाखा प्रवन्धक अविनाश सापकोटाका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रममा रहेकाले विद्यालयलाई सो प्रिन्टर हस्तान्तरण गरिएको हो ।

प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैंकका निजगढ शाखा प्रवन्धक अविनाश सापकोटा, बैकका  कर्मचारीहरु, विद्यालयका प्रअ बद्री नारायण झा लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

निजगढ ८ स्थित गौरीशंकर मावि मधेस प्रदेशकै अव्बल विद्यालय रहेको छ । विद्यालयमा तराईका करिब ६ वटा जिल्लाबाट विद्यार्थी अध्यनरत गर्ने गरेकाछन ।  विद्यालयमा व्यवस्थापन,विज्ञान,शिक्षा,र पछिल्लो समय ३ बर्षे कृषी विज्ञान विषयमा पढाई भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय