निजगढ नगरपालिका वडा नं.६ सडकटोल प्रणामी नगरस्थित श्री कृष्ण प्रणामी मन्दिरमा आजबाट श्रीकृष्ण प्राकट्य महोत्सव सुरु हुने भएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्री कृष्ण प्रणामी मन्दिर सडकटोलको आयोजनामा आजबाट सुरु हुने सो महोत्सव आगामी भाद्र महिनाको २० गतेसम्म चल्ने छ । महोत्सवमा धर्मप्रचारक पुरुषोत्तम खतिवडा शास्त्रीले हरेक दिन दिउसो १२ बजेदेखि ३ बजेसम्म वितक चर्चा अर्थात श्री कृष्ण कथा वाचन गर्ने कार्यक्रम रहेको मन्दिर संचालक समितिका यादव तिमल्सिनाले जानकारी दिनुभयो ।

समितिले कथा श्रवणको लागि उपस्थित हुन निजगढबासी सर्वसाधारणसंग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय