निजगढ नगरपालिकाले आँखा पाक्ने रोगीका बिरामीहरुलाई निशुल्क औषधीको ब्यबस्था गरेको छ । निजगढमा पनि केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढेपछि नगरपालिको निशुल्क औषधीको व्यवस्था गरेको हो ।

आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि निजगढ नगरपालिकाले नगरभित्रका सवै स्वास्थ्य चौकी, अस्पतालमा निशुल्क औषधीको व्यवस्था गरेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभएको छ ।
उहाँले रोगको संक्रमण भएपछि आँखा रातो हुने, चिलाउने वा चिपचिप हुने जस्ता लक्षण देखा पर्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख लामाले आफू खुशी औषधी प्रयोग गर्दा समस्या थप जटिल हुने भएकाले स्वास्थ्यकर्मीको सल्लाह पछि मात्रै औषधिको प्रयोग गर्न सुझाव दिनुभएको छ ।

पछिल्लो समय आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् । बिरामीको आँखामा सङ्क्रमण बढ्दै जाँदा थप समस्या आउने भएकाले समयमा ध्यान दिन वहाँले सुझाव दिएका छन् । यदि विद्यार्थीहरुमा यस्ता समस्या आएमा निको नभईन्जेसम्म घरमै शुरक्षित रहन समेत जानकारी दिनुभयो ।

बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ। आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफू खुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधि प्रयोग नगर्न आखाँका चिकित्सकहरुले बताउनुभएको छ ।

आफुले प्रयोग गर्ने चस्मा रुमाल लगायत व्यक्तीले प्रयोग गर्ने कुराहरु अरुलाई प्रयोग गर्न नदिन र आँखालाई स्वस्थ राख्न सफा पानीले वेलावेला धुनु पर्ने लामा वताउनुहुन्छ । नगरपालिका स्वास्थ्य शाखाले विद्यालहरुमा अनुगम गरिरहेको र भोलीका दिनमा अझ बढी फैलन पनि सक्ने भएकाले विषेश अनुगमन पनि गरिरहेको वहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय