निजगढ ६ स्थित गौरीशंकर टोल विकास संस्थाले डेङ्गु रोग रोकथामको लागि शनिवारबाट किटनाशक औषधि छर्किने कार्य सुरु गरेको छ ।

गौरीशंकर टोल विकास संस्था अन्तर्गत पर्ने गौरीशंकर माध्यमिक विद्यालयमा पनि किटनाशक औषधी छर्किने कार्य भएको हो । वडा नम्बर ६ की महिला वडा सदस्य आशाकुमारी श्रेष्ठ र आधुनिक युवा क्लबका अध्यक्ष रुपक राज शर्मा घोरसाइनेको सहजीकरणमा औषधि छर्किने कार्य भएको वडा अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिनुभयो ।

पछिल्लो समय तराईमा गर्मी बढे सँगै डेङ्गुका बिरामीहरु पनि बढेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय