बाराको निजगढमा प्रभु-महालक्ष्मी लाइफ इन्सयोरेन्स शाखा निजगढको बिमा मध्यथकर्ता अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा प्रभु-महालक्ष्मी लाइफ इन्सयोरेन्सले आफ्ना बिमा सदस्यहरुलाई बिमावाट हुने फाईदाको बिषयगतको कुराहरु छलफल गरेको थियो । कम्पनीका प्रदेश प्रमुख सुबिष्ट गुप्ताको सभाअध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथीमा हिमचुली सानाकिसान सहकारी संस्थाकी अध्यक्ष दुर्गा घिमिरे कोईराला अतिथिमा प्रभु-महालक्ष्मी लाइफ इन्सयोरेन्सका सिनियर एजेन्ट कुमार बहादुर कार्की हुनुहुन्थ्यो ।

कार्यक्रममा लामो समयदेखि हिमचुली साना किसान सहकारीका सेयर सदस्यहरुलाई विमा गराउन प्रोत्साहन गरेबापत दुर्गा घिमिरे कोईरालालाई मायाको चिनो र सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालन प्रभु-महालक्ष्मी लाइफ इन्सयोरेन्सको शाखा प्रमुख अमृता बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम निजगढ स्थित होटल राजमार्गमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय