निजगढ नगरपालिका वडा नं३मा व्यापार व्यवसाय संचालन गर्दै आईरहेका व्यापारीहरुलाई आफ्नो व्यापार व्यवसाय दर्ता गराएर सन्चालन गर्न आग्रह गरेको छ ।

वडाले  २०८० साउन २८ गते एक सुचना जारी गर्दै आफ्नो व्यापार व्यवसाय दर्ता गराएर सन्चालन गर्न आग्रह गरेको वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाले बताएकाछन ।

यसअघि वडामा केहि व्यापारीहरुले मात्रै आफ्नो व्यवसाय दर्ता गरेको र बाँकीले नगरेकाले सो सुचना जारी गरेको अध्यक्ष  तिमिल्सिनाले  बताउनुभएको छ । साथै व्यवसाय दर्ता गराउनु भएकाहरुले नविकरण गरेर जरिवानाबाट बच्न अनुरोध पनि गरेको छ।

नगर भित्र धेरै व्यवसायिहरुले विना दर्ता व्यवसाय सन्चालन गरेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय