बारा एमालेका युवा नेता तिलक घलान राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।

युवा संघ नेपालका पूर्वकेन्द्रीय सदस्य समेत रहेका घलान हाल युवा संघको बारा जिल्ला ईन्चार्ज हुनुहुन्छ । संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा साउन १ देखि २ गतेसम्म बसेकोे प्रथम पदाधिकारी बैठकले घलानललाई केन्द्रीय सदस्य मनोनित गरेको जनाइएको छ ।

नेकपा एमाले निजगढ नगर कमिटीका सचिवसमेत रहेका घलान निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरका बासिन्दा हुनुहुन्छ । संघको केन्द्रीय सदस्यमा बारा जिल्लाबाट अब ४ जना केन्द्रीय सदस्य भएका छन् ।

नेपालगञ्जमा भएको महाधिवेशनबाट इराज कोईराला, दीपा केशी, भावना आर्चाय, राम यादब केन्द्रीय सदस्यमा चुनिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय