निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बारा जिल्लामा पर्यटन क्षेत्रको विकासको शंभावना प्रवल भएको बताउनुभएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराले शनिवार ‘पर्यटन प्रवद्र्धनका लागि सिमरामा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रमा नगर प्रमुख पुरीले पर्यटन क्षेत्रको विकासबाट सामाजिक र आर्थिक क्षेत्रको पनि विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले जिल्लामा पर्यटन क्षेत्रको विकासको अधिक सम्भावना रहेको बताउदै यसलाई अवसरमा परिणत गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले शंभावनाको सही अध्ययन गरेर यसको विकासको लागि सबैले मिलेर काम गर्न जरुरी रहेको पनि औल्याउनुभयो । नगर प्रमुख पुरीले पर्यटन क्षेत्रको विकासका लागि सबैले मिलेर काम गर्ने हो भने बारा जिल्लालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

‘पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ, महागढीमाई मन्दिर, हलखोरिया ताल, अमलेखगञ्ज र निजगढ जिल्लामा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरु हुन, नगर प्रमुख पुरीले भन्नुभयो, तर यसको समुचित विकास र प्रचार प्रशार गर्न सकिएको छैन ।’ कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवम जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बारामा पर्यटनको सम्भावना अधिक रहेको भन्दै सरोकारवाला क्षेत्रले पर्यटन प्रवद्र्धनमा केन्द्रीत रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बारागढी गाउँपालिकाका अध्यक्ष्य असोक जैसवाललगायत विभिन्न स्थानीय तहका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटल तथा पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो । संघका अध्यक्ष अर्जुन लम्सालको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण संघका महासचिव गोविन्द गहतराजले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय