निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमितिमा अध्यक्ष पदको लागि २ जनाले उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरेका छन  ।अध्यक्षमा सुदर्शन प्रसाद कोइराला र टेक ब भण्डारी रहेका छन ।

त्यस्तै  अन्य विभिन्न पदमा १९ जनाले मनोनय पत्र दर्ता गरेका छन । ५ जना पदाधिकारीसहित ९ सदस्यीय कार्यसमितिको लागि आगामी भाद्र ३० गते हुने निर्वाचनको क्रममा हिजो उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिएको हो । निर्वाचन समितिका संयोजक ऋषव काफ्लेले दिएको जानकारी अनुसार  उपाध्यक्षमा रमेश अर्याल र इन्द्रप्रसाद दहालले उम्मेदवारी दिएका छन ।

कार्यसमितिको सचिव र कोषाध्यक्ष पदमा भने १-१ जनाको मात्रै उम्मेदवारी परेको छ । सचिवमा यतिराज सापकोटा र कोषाध्यक्षमा गीता भट्टराईले मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध चयन हुनेभएका छन । सहसचिव पदमा पनि २ जनाको उम्मेदवारी परेको छ । बुद्धीमान शाही र मनोज सापकोटाले सहसचिव पदमा उम्मेदवारी दिएका हुन । त्यसैगरी अनिवार्य महिला सदस्यमा सुमित्रा खडका, अमृता पाण्डे, सुश्रीराजकुमारी सिटौला, हरिमैया उपाध्याय पोख्रेल, कमला रेग्मी, सुनमाया लोप्चनले मनोनयन पत्र दर्ता गराएका छन । खुल्ला सदस्यतर्फ धु्रवप्रसाद धिताल, बलराम मगर, कैलाशकुमार चौधरी, यज्ञबहादुर राउत र बोधप्रसाद दङ्गाले उम्मेदवारी दर्ता गराएका छन ।

लेखा समितिको संयोजकमा पनि एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन हुने भएको छ । सो पदमा रोशनकुमार तिमल्सिनाको एकल उम्मेदवारी परेको हो । लेखा समितिमा २ जना सदस्यहको लागि भने ४ जनाले मनोनयन पत्र दर्ता गरेका छन । राजकृति कुवर, संगीता तिमल्सिना (थापामगर), तेजबहादुर चौलागाई र अरुण लामाले लेखा समिति सदस्यमा मनोनयपत्र दर्ता गरेका हुन । अध्यक्षका उम्मेदवार सुदर्शन कोइरालाले आफु सबै सरोकारवाला र उपभोक्ताको आग्रहमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँले आफू विजयी भएपछि अघिल्लो कार्यकालमा बाँकी रहेको अधुरो काम पुरा गरेर निजगढको सबै क्षेत्रमा खानेपानीको सुविधा विस्तार गर्ने पनि बताउनुभएको छ ।

निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारहरुको विरोधमा आज उजुरी दिने र उजुरीमाथि छानबिन गरी ४ बजेसम्म उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि साँझ ५ बजेसम्म उम्मेदवारहरुले आफनो मनोनय पत्र फिर्ता लिने समय निर्धारण गरिएको र भदौं १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर २० गते चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको संयोजक काफ्लेले जानकारी दिनुभयो । संस्थाको कार्यसमिति निर्वाचनमा निजगढका राजनीतिक दलहरुबीच भएको सहमतिको आधारमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय