निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन ।

अध्यक्ष लगायत केही पदमा उम्मेदवारी दिएकाहरुले सोमवार मनोनयन पत्र फिर्र्ता लिएपछि सर्वसम्मत रुपमा कार्यसमितिको चयन भएको हो । निर्वाचन समतिले भने निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेको छैन । मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरेर समितिले कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । निजगढका मुख्य राजनीतिक दलहरुबीच भएको सहमति अनुसार संस्थाको नयाँ कार्यकालको लागि कार्यसमितिका पदाधिकारीहरुको निर्विरोध चयन भएका हुन । दलीय सहमतिअनुसार अध्यक्षमा नेकपा एमालेका सुदर्शनप्रसाद कोइराला, उपाध्यक्ष र सचिवमा माओवादीबाट रमेश अर्याल र यतिराज सापकोटा, सहसचिवमा नेपाली कांग्रेशका बुद्धिबहादुर शाही तथा कोषाध्यक्ष पदमा राप्रपाकी गीता भट्टराई चयन हुनुभएको हो ।

त्यसैगरी सदस्यमा ध्रुव धिताल, सुमित्रा खडका, सुनमाया लोप्चन र यज्ञबहादुर राउत चयन हुनुभएको छ । ३ सदस्यीय लेखा समितिको संयोजकमा रोशनकुमार तिमल्सिना र सदस्यहरुमा राजकृति कुवर र अरुण लामा पनि सर्वसम्मत चयन भएका छन । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीबीच खानेपानी संस्थाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्ने सहमति भएको थियो ।

अध्यक्ष पदमा सर्वसम्मत चुनिएपछि कोइरालाले आफूले सबैलाई मिलाएर खानेपानी सुविधाको विस्तारको लागि काम गर्ने बताउनुभएको छ । उहाँले सबै पक्षलाई समेटेर आफूले उपभोक्ताहरुलाई निजगढमा सुलभ रुपमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन प्रयास गर्ने बताउनुभयो ।

त्यसैगरी कार्यसमितिका उपाध्यक्ष रमेश अर्यालले पनि पनि आफूहरु सबै मिलेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो ।

सहसचिव पदमा सर्वसम्मत चुनिनुभएका बुद्धिबहादुर शाहीले पनि संस्थाको विकासको लागि मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको र सोही अनुसार दलहरुले संस्थाको निर्वाचनमा सर्वसम्मत गर्ने निर्णय गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय