बाल दिवसको अवसरमा हिजो  शुक्रबार निजगढमा ‘नगरपालिकासँग बालबालिका’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

५९औं राष्ट्रिय बाल दिवसको अवसरमा भएको सो अन्तर्क्रिरया कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा भोग्नु परेका समस्याहरु तथा शैक्षिक स्तर उन्नयनको विषयमा विभिन्न सुझाव तथा जिज्ञासाहरु राखेका थिए । निजगढ नगरपालीकाकी उप–प्रमुख सोममाया थिङ्गको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, वडा नं ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, वडा नं ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नं ११ का वडा अध्यक्ष सहइया गुरो थारु, वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, कार्यपालिका सदस्यहरु मैया सुनार र फुलमाया तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजिकरण योजना शाखाका प्रमुख अजय कुमार उप्रेती गर्नुभएको थियो भने कार्यक्रम संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रोजी श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा निजगढमा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका १ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रोजी श्रेष्ठले निजगढ डटकमलाई जानकारी दिनुभयो । यसैबीच बाल दिवसको अवसरमा हिजो निजगढ ७ स्थित सत्यश्वर शिवशक्ति आधारभुुत विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । “बालबालिकामा लगानी “सुनिश्चित भविष्यको थालनी “ भन्ने नाराका साथ विद्यालयले दिवसको अवसरमा प्रभातफेरी सहित र्याली , सांगीतिक कार्यक्रम र विद्यार्थीको प्रतिभा प्रष्फुटन लगायतका कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताउनुभयो । सो अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी सहितको सहभागीतामा विद्यालयबाट निकालिएको प्रभात फेरिले पूर्वपश्चिम राजमार्गको बुद्ध चोकदेखि भमरा पुलसम्म परिक्रमा गरेको थियो ।

विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीले कविता वाचन, गीत गायन तथा नृत्य लगायतका प्रस्तुति देखाएका थिए । विद्यालयका प्रधानाध्यापक स्वर्णकारले बाल दिवस तथा बालअधिकारका बारेमा बताउँदै बालबालिकाको अधिकारको संरक्षण र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताउनु भयो । आफुले मेहनत गरेर अध्ययन गर्न तथा भविष्य उज्ज्वल बनाउन शुभकामना दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय