बलात्कारमा परेर घाइते बनेकी निजगढ नगरपालिका वडा नम्बर १२ की बालिकाको स्वास्थ्य अवस्था सामान्य बनेपछि अस्पतालबाट हिजो घरमा ल्याइएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालले बालिकाको अवस्थामा सुधार आएको भन्दै डिस्चार्ज गरेपछि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको पहलमा उनलाई थलीस्थित घर ल्याइएको हो । उपप्रमुख थिङ्ग बालिकालाई लिन आफै नारायणी अस्पताल पुग्नुभएको थियो । उपप्रमुख थिङ्गले बालिकालाई १ जोर कपडा, खाद्यान्न र १ थान ह्विल चेयरसमेत सहयोग प्रदान गर्नुभएको छ ।

प्रादेशिक अस्पताल कलैयामा उपचारपछि थप उपचारको लागि बालिकालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गरिएको थियो । बलात्कारको घटनामा संलग्न रहेको आरोपमा सोही वडाको रामथली बस्ने ६४ बर्षिया राना माईला भनिने सोमबहादुर लुङ्ग्बालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई इलाका प्रहरी कार्यालय निजगढ माताहातको अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीले वडा नम्बर ११ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

जङ्गलमा बाख्रा चराउन गएका लुङ्गबाले हिडन र बोल्न समेत नसक्ने अपाङ्गता भएकी ११ वर्षिय बालिकालाई घरमा कोहि नभएको मौका छोपेर शुक्रवार दिउसो बलात्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय