माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । हिजो त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो ।

नेपालका लागि नेपालका लागि निजगढका समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १÷१ गोल गरेका थिए । तामाङ निजगढ नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन । नेपाल २ खेलमा ३ अङ्कसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।

उता, १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलो अन्तरले पराजित भएको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा हिजो भएको समूह ‘डी’ को खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको जापानको दोस्रो हाफमा ३ गोल थप्यो । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकोशी युजुहो, यामामोतो युजुकी, युइनो मामी, वाकिसाका रेना, साकाकिबारा कोटोनो र हिजिकाता मायाले १÷१ गोल गरिन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा बिहीवार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रवार भएको पहिलो खेलमा पनि नेपाल भियतनामसँग २–० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय