निजगढ नगरपालिका वडा नं.८ को वडा कार्यालयले अतिरिक्त समयमा आफ्नो सेवा प्रवाह गर्ने भएको छ ।
कार्यलयले एक सुचना जारी गर्दै विजयी दशमी तथा शुभ दिपावलीको समयलाई मध्यनजर गदै आफ्ना वडाका सेवाग्राहीहरुको चाप बढ्न सक्ने सम्भावना रहेको हुँदा वडा कार्यालयले सम्पादन गर्ने सम्पूर्ण कार्यहरु प्रभावकारी ढंगबाट सम्पादन गर्न लागेको जनाएको छ ।
कार्यालय आउदो असोज १० गतेदेखि कार्तिक २४ गतेसम्म विहान ७ बजेदेखि ९ः३० बजेसम्म सेवा दिने र सेवाग्राहीहरुले लिन सक्ने छ । निजगढका युवा वडा अध्यक्ष सुवर्ण लामाको यस्तो कदमले आम जनतामा खुसी तुल्याएको वडा वासीले बताए ।