प्रभु-महालक्ष्मी लाइफ इन्स्योरेन्स निजगढ शाखाले बिमा मध्यस्थकर्ता बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

इन्स्योरेन्स निजगढ शाखाले आयोजना गरेको सो बिमा मध्यस्थकर्ता बिच अन्तरक्रिया कार्यक्रमको सभा अध्यक्ष प्रदेश प्रमुख सुदिष्ठ गुप्ता रहनुभएको थियो भने प्रमुख अतिथीमा इन्स्योरेन्सको प्रधान कार्यलयका ट्रेडिन हेड प्रशान्त धमला, विशिस्ट अतिथीमा इन्स्योरेन्सको चाबाहिल शाखाका एजेन्सी म्यानेजर सुमित्रा पौडेल, अथितीमा एजेन्सी म्यानेजर चन्दा सापकोटा, पुर्व निजगढ कार्यपालिका सदस्य जानुका न्यौपाने र वर्तमान कार्यपालिका सदस्य मिना चौरेल हुनुहुन्थ्यो ।

कार्यक्रम निजगढ स्थित होटल राजमार्गमा भएको थियो भने कार्यक्रमको संचालन निजगढ शाखा प्रमुख अमृता बस्नेतबाट भएको थियो ।

साथै प्रभु-महालक्ष्मी लाइफ इन्स्योरेन्स निजगढ शाखाले आगामी आर्थिक बर्ष मा कम्तिमा १हजार अभिकर्ता बनाइ हाउस म्यानेजर (महिलाहरुलाई) स्वरोजगार बनाउने योजना तथा प्रतिबद्धता रहेको शाखा प्रमुख अमृता बस्नेतले निजगढ डटकमलाई बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय