निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले खेल स्वास्थ्यको लागि र राष्टको लागि महत्वपूर्ण भएको बताउनुभएको छ । विजया दशमी २०८० को अवसरमा फ्याफुल्ला युवा क्लब निजगढ १३ डम्मरपुरले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्धघाटन गर्दैै नगर प्रमुख पुरीले हिजो सो कुरा बताउनुभएको हो । उहाँले खेलले आपसी सद्भाव र भाइचारको विकासमा पनि मद्दत गर्ने बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा रोयल वनस्थली निजगढ– १ सिङ्गौललाई २-० हराउँदै योङ्ग स्टार युनाइटेड निजगढ– १० लाल बिजयी भएको छ । आज हुने दोश्रो दिनको पहिलो खेल जीतपुरसिमरा– २२ नयाँबस्ती र पानी ट्याङ्की निजगढ– ११ रतनपुरबीच दिउँसो १ बजे हुनेछ भने दोस्रो खेलमा शिद्धबाबा जीतपुरसिमरा २१ र सिवाईसि निजगढ १० लाल, चिसापानीबीच दिउसो ३ बजे हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय