हिजो दिउसो देखि परेको अविरल वर्षाको कारण बाराको निजगढको जनजीवन पनि प्रभावित भएको छ । वर्षाले निजगढ नगरपालिका  ७का केही घरहरु डुवानमा परेका छन् ।

घरदेखि मुल सडकसम्मको वाटोमा समेत ४ फिट भन्दा बढी पानी जमेपछि स्थानीय रामबाबू तिमल्सिनाका परिवारलाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस निजगढले  उद्दार गरेको छ । रामवाबु तिमल्सिना सहित आफ्ना २ छोरी र १ छोरा वडा नं ७को घरमा बस्दै आएको र बिहान उठेर हेर्दा तर्न नसक्ने पानी देखेपछि उनले निजगढ नगरपालिकाका वडा नं ७का वडा अध्यक्ष टेक बहादुर लामालाई खबर गरेका थिए । यता वडा अध्यक्ष लामाले खबर सुन्ने बितिक्कै शसस्त्र प्रहरीलाई उद्धारको लागी मद्दतले मागेका थिए ।

यता शसस्त्र प्रहरीको उद्धार टोली आएपछि घरका चारैजनालाई उद्दार गरिएको सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन वेश निजगढका नायब प्रहरी उपरीक्षक दिनेश शर्माले निजगढ डटकमलाई जानकारी दिनुभयो ।   उद्दार कार्यमा  सशस्त्र प्रहरी बलको साथै निजगढ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर लामा, नगरप्रमुखका स्वकिय सचिब थानेश्वर सापकोटा लगायतको उपस्तिथी रहेको थियो ।

नालाको व्यवस्थापन नहुँदा वडा नं. ७ को कार्यालय र भेटनरी कार्यालय पछाडी रहेको बस्ती सधैं डुवानमा पर्दै आएको छ । लामो समयदेखि समस्या भोग्दै आएपनि समाधान हुन नसकेको स्थानीयको गुनासो छ ।

भमरा पारीको रातीनै उद्दार 

अविरल वर्षपछि निजगढको भमरा खोलामा आएको बाढीका कारण जंगलमा अलपत्र परेका निजगढ वडा नम्बर ६ र ७ का २४ जनालाई सशस्त्र प्रहरी निजगढले हिजो राति उद्धार गरेको छ ।

जंगलमा घाँस दाउरा गरेर घर फर्किने क्रममा खोलाको बाढी तर्न नसकेर जंगलमै अलपत्र परेका बालबालिकासहित २४ जनाको हिजो राति ९.३० बजे उद्धार गरिएको सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस निजगढले जानकारी दिएको छ । बेसका प्रहरी नायब उपरीक्षक दिनेश शर्माले दिएको जानकारीअनुसार निजगढ वडा नम्बर ६ का १८ र वडा नम्बर ७ का ६ जनाको सकुशल उद्धार गरिएको हो ।

प्रहरीले उनीहरुमध्ये केहीलाई बोकेर र केहीलाई डोरीको सहायताले नदी पार गराएको थियो । भमरा खोलामा अचानक आएको बाढीपछि जंगल गएका स्थानीय हिजो साझदेखि नै खोला पारि नै रोकिएका थिए ।

उद्धार कार्य सहयोग गर्न निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी सहित वडा नं ६का वडा अध्यक्ष घनश्याम तिमल्सिना,वडा नं ७का वडा अध्यक्ष टेक बहादुर लामा र स्थानियहरुको टोली पनि राति नै भमरा खोलामा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय