इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलबार साँझ निजगढमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

अनेरास्ववियु निजगढले मंगलबार साँझ निजगढको ईलाका कार्यलय अगाडी दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनमा निजगढ नगरप्रमुखले नेपालमा पनि धर्मको नाममा अतिवातको प्रयास भईरहेकोले यसको प्रतिबाद गर्नुपर्ने जोड दिइएको बताए ।

शोक सभामा इजरायल र गाजामा शान्तिको कामना गर्दै सहभागितहरुले मौन धारण समेत गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा नेपाल सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल फिर्ता ल्याउन पहलमा कन्चुस्यारी गरेकोमा दुखद प्रकट गरेको र सरकारको ध्यान पनि जाओस भन्दै ध्यानाकर्षण गराएको अनेरास्ववियु निजगढ नगर अध्यक्ष विवस तिमल्सिनाले निजगढ डटकमलाई बताएका छन ।

दीप प्रज्वलन कार्यक्रममा निजगढ नगरपालिकाको उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु लगायत विभिन्न राजनिति दलका प्रतिनिधिहरुको पनि उपस्तिथि रहेको थियो । यस्तै युथ अफ निजगढले पनि मंगलवार निजगढको शहिदचोकमा दीप प्रज्वलन कार्यक्रम गरेको थियो । हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय