इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलबार साँझ निजगढमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

सामाजिक संस्था युथ अफ निजगढले मंगलबार साँझ निजगढको शहिद चोकमा दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनमा युथ अफ निजगढकी अध्यक्ष उषा लामा मोक्तानले इजरायलमा भएको आक्रमणमा परी नेपाली विद्यार्थीको ज्यान जानुमा दुखद रहेको बताएकी छिन ।

शोक सभामा इजरायल र गाजामा शान्तिको कामना गर्दै सहभागितहरुले मौन धारण समेत गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा निजगढका विभिन्न राजनिति दलका प्रतिनिधिहरुको पनि उपस्तिथि रहेको थियो ।  हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय