बाराको निजगढमा सम्पन्न भएको मधेस प्रदेश स्तरीय खुल्ला तेक्वाण्डो प्रतियोगितामा आयोजक जनज्योति तेक्वाण्डो डोजाङ्ग निजगढ ९ प्रथम भएको छ ।

आईतबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ९ रजत र ९ कास्य पदक हात पादै जनज्योति आधारभूत विद्यालय तेक्वाण्डो डोजाङ्ग पहिलो भएको हो ।

प्रतियोगितामा महात्तरी जिल्लाले दोस्रो स्थान प्राप्त गरेको छ । उसले ४ स्वर्ण, र २ कास्य जितेर व्दितीय स्थान हासिल गरेको छ ।

त्यसैगरी प्रतियोगितामा २ स्वर्ण, १ कास्य र ६ रजत पदक जितेर पथलैया डोजाङ्गले प्रतियोगिताको तेस्रो जितेको छ ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि २० किलो तौल समुहका जनज्योतिका प्रतीक अधिकारीले हात पारेका छन भने महिलातर्फ ४० केजी समुहकी सिराहकी सतिया यादव भएकी छिन ।

प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई १-१ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक हेमलाल श्रेष्ठको अध्यक्षतमा भएको समापन समारोहमा विजयी टिम र खेलाडीहरुलाई मधेस प्रदेश तेक्वाण्डो संघका अध्यक्ष पेमा लामा र महासचिव राजकुमार लामाले पुरस्कार, ट्रफी र पदक वितरण गरेका थिए ।

निजगढ ७ स्थित कभर्ट हलमा गत शुक्रवारबाट शुरु भएको प्रतियोगितामा मधेस प्रदेशका २१ डोजाङ्गबाट २२० जना खेलाडी सहभागी बनेका थिए ।

यसअघि निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले प्रतियोगिताको उद्धाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय