निजगढ नगरपालिका वडा नम्बर– ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पशुपालक किसानहरुलाई हिजो कृषक संचयकोषको रकम वितरण गरेको छ ।

सहकारीले संस्थामा अवद्ध किसानहरुलाई कृषक संचयकोषबाट ८३ लाख ५ हजार ३ सय ३९ रुपैया वितरण गरेको हो । पहिलो चरणको रकम वितरण कार्यक्रम अन्तर्गत बकैया ठाकुर पशुपालन संस्थाकी भावनी सापकोटासहित खड्गकुमारी कार्की, कुमार खड्का, कमल थापा, डिल्लीप्रसाद गुरागाई, रेणुका सापकोटा, कुमारी दर्जी, बैजुप्रसद पौडेल र चुडामणि दाहाललगायतलाई सो रकम वितरण गरिएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।

रकम वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सापकोटाले नेपाल सरकारले दुग्धजन्य पदार्थको मुल्य वृद्धि गरेर किसानको हितमा काम गरेको र सोही अनुसार नै कृषकहरुले संचय कोषबाट सेवा प्राप्त गरेको बताउनुभयो । उहाँले किसान संचय कोष कार्यक्रम देशमै अनुकरणीय भएको पनि बताउनुभएको छ ।

कार्यक्रममा उपाध्यक्ष अर्जुनप्रसाद घिमिरे, कोषाध्यक्ष मोहन सापकोटा, सदस्य पुरुषोत्तम भट्टराई, नेत्रप्रसाद गौतम, शेषप्रसाद गौतम, नविनकुमार चौलागाईं, प्रेममाया सापकोटा, लेखा समिति संयोजक रामकृष्ण सिग्देललगायतको उपस्तिथि रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय