बाराको निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा आज शनिवार निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सचिव टेक प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम प्रमुख अतिथि चौलागाईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथिहरुमा निजगढ वडा नं.७ का वडा अध्यक्ष टेक बहादुर लामा र वागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा र अतिथिहरुमा श्री गौरीशंकर माध्यमिक बिद्यालय निजगढ ८ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बर्तोला, श्री जनज्योती आधारभुत बिद्यालयका अध्यक्ष शंकर थोकर र उक्त बिद्यालयका प्रतिनिधि सपना कोइराला, समुदायमा आधारित प्रसुती गृहका अध्यक्ष माधव न्यौपाने, गौरीशंकर क्याम्पसका अध्यक्ष एक बहादुर श्रेष्ठ, समुन्नत बहुउद्देश्यीय सहकारीकी अध्यक्ष कल्पना खरेल, बिद्यासागर बोडिङ स्कुलमा प्रिन्सिपल अभिषेक मिश्र र पत्रकार गोकुल घोरसाइने, जितलाल श्रेष्ठ, महेश्वर अधिकारी, थानेश्वर सापकोटा र बिपिन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
संस्थाले विगत बर्षहरु झै यस बर्ष पनि आफ्ना जेष्ठ नागरिक २४ जना शेयर सदस्य बृद्धबृद्धाहरुलाई दोसल्ला ओडाई हर्लिक्स वितरण गरि सम्मान गरिएको थियो । साथैे संस्थाले उत्कृष्ठ बाल बचत सदस्य तर्फ डेभिन दुलाल, उत्कृष्ठ ऋणी सदस्य छत्र बहादुर सुनुवार, उत्कृष्ठ बचतकर्ता भेष बहादुर रुम्बा, उत्कृष्ठ शेयर खरिद सदस्य गर्ने संस्थाका लेखा समितिका सदस्य प्रल्लाद प्रसाद रिमाल लगायतलाई सम्मान गरिएको थियो ।


त्यस्तै संस्थाले सम्मानकै क्रममा आ.व. २०७९÷०८० मा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्र तर्फ गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का रोशन तामाङ, रोचक सन्जेल र छात्रा तर्फ बिद्यासागर बोडिङ स्कुलका स्मारिका सिग्देल, गौरीशंकर निजगढ ८ का सोनिया तामाङ र रोशनी कुमारी रौनियार लगायतलाई जनही १ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको थियो ।
त्यस्तै उत्कृष्ट बाल बचत ऐश्वर्य श्रेष्ठ ,शेयर कारोबार सदस्य लक्ष्मी कुमारी क्षेत्री, उत्कृष्ट ऋणी सदस्य गौरी कुमारी राउत, उत्कृष्ट बचत कारोबार सदस्य राज कुमार लामा र कर्मचारी सम्मान प्रमिला कुमारी क्षेत्रीलाई साधारण सभाको अवसरमा सम्मान गरिएको छ । त्यस्तै संस्थाले बार्षिक अवसर पारेर निजगढ ९ स्थित जनज्योती आधारभुत बिद्यालयलाई रु.४० हजार बराबरको बिद्यालय पोशाक सामाग्री विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थोकर र उक्त बिद्यालयकी प्रतिनिधि कोइरालालाई हस्तान्तरण गरेको थियो । संस्थाको आ.व.२०७९÷०८० को संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, लेखा समितिको प्रतिवेदन लेखा संयोजक रुद्र प्रसाद धिताल, आर्थिक प्रतिवेदन बच्चुराम लामिछाने लगायतले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेलले दिनुभएको थियो  भने शुभकामना मन्तब्य वागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा र समुन्नत बहुृउद्देश्यीय सहकारीकी कल्पना खरेल लगायतले राखेका थिए ।
साथै संस्थाले हरेक बर्ष झै यस बर्ष पनि आफ्ना शेयर सदस्यहरुलाई भाग्य चिठ्ठा मार्फत प्रथम, द्धितीय र तृतीय हुने शेयर सदस्यहरुलाई भान्सामा प्रयोग हुने मिक्चर, राईस कुकर र कालो कराइको सेट लगायतको पुरस्कार राखेको संस्थाका ब्यवस्थापक हरि प्रसाद पण्डितले नेपाल लेख डटकमलाई जानकारी दिनुभयो ।
संस्थाको २४ औँ बार्षिक साधारणसभाको भेलाले सर्वसम्मत रुपमा पत्रकार महेश्वर अधिकारीलाई संचालक समितिको सदस्यमा चयन गरेको छ । संस्थाले १५०३ सदस्यको बीचमा कारोबार गरेर ३४ लाख ६२ हजार ३ सय २४ रुपैया खुद नाफा कमाएको छ । संस्थाले ९ करोड ६२ लाख १० हजार २३ रुपैया कुल कारोबार गरेको छ, भने कार्यक्रम संचालन संस्थाका सचिव बोधनाथ चौलागाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय