निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले फरक क्षमता भएकाहरुलाई समाजले गर्ने व्यवहार परिवर्तन गर्न सकियो भने अपांगता भएका व्यक्तीमा उर्जा पैदा हुने र जित हुने बताउनुभएको छ ।
पहिचान नेपाल संस्थाले आयोजना गरेको १ कार्यक्रममा नगरप्रमुख पुरीले अपांगता भएका व्यक्तीलाई अपांग भन्दा पनि फरक क्षमता भएको भन्नु पर्ने बताउनु भएको छ । आवाज सुरथ पुरी डिसएविलिटी राइटस फन्ड युएसएलप आर्थिक सहयोगमा कार्यक्रम निजगढ नगरपालिकाको सभाहलमा भएको थियो ।
यता नगर उपप्रमुख थिङ्गले अपांगता भएका व्यक्तीहरुलाई नगरपालिकाले फरक तरिकाले सहयोग गर्ने बताएकी छिन ।
कार्यक्रमको प्रमुख अतिथिमा नगरप्रमुख सुरथ पुरी विशिष्ट अतिथीमा उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नं ४का वडा अध्यक्ष विशन सापकोटा, वडा नं ५का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, वडा नं ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नं ७का वडा अध्यक्ष टेक बहादुर लामा, वडा नं ९का कार्यवाहक वडा अध्यक्ष बबिता श्रेष्ठ, वडा नं ११ का वडा अध्यक्ष सहइया गुरो थारु, वडा नं १३ का वडा अध्यक्ष सुर्य घलान,राष्ट्रिय अपांग महासंघको केन्द्रिय सदस्य गोदावरी शाह, राष्ट्रिय अपांग महासंघ मधेश प्रदेशको उपाध्क्ष अन्जु धिताल लगायत बारा जिल्ला भरिका अपांगता भएका व्यक्तीहरुको प्रतिनिधी र अविभावकहरुको उपस्तिथी रहेको थियो ।