प्रमु महालक्ष्मी लाईफ इन्स्योरेन्स निजगढ शाखाले चितवनको खैरहनीमा मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
चितवनको खैरहनी नगरपालिका–२ श्रीकृष्ण टोलका बिमित चेतबहादुर डल्लाकोटीको परिवारलाई शाखा प्रमुख अमृता कुमारी बस्नेतले सोमबार चेक हस्तान्तरण गरेकी हुन् । मृतकका भाई राजकुमारलाई घरमै पुगेर १० लाख ६३ हजार तीन सय ३३ रुपैँया बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

१० लाखको विमा गरेका चेतबहादुरले दुई किस्ता बापतको २ लाख ७७ हजार ३ सय ८० रुपैँया बुझाएको निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेतले जानकारी निजगढ डटकमलाई दिईन् । शाखा प्रमुख बस्नेतको अनुसार विमित अविवाहित  भएकाले परिवारलाई रकम हस्तानतरण गरिएको छ ।

दाबी भुक्तानी कार्यक्रममा खैरहनी नगरपालिका वडा नं २का अध्यक्ष नवराज भुसाल, वडा सदस्य दिपेन्द्र चौधरी, श्रीकृष्ण टोल सुधार समितिका अध्यक्ष हरीशरण तिमल्सिना, सिनियर एजेन्सी म्यानेजर लक्ष्मी लामिछानेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय