बाराको निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टाँसिधार्गेलिङ बौद्ध गुम्बामा हिजो बिहिबारबाट रात्री मेला संचालनमा आएको छ । मेलामा बारा क्षेत्र नम्बर १ का सांसद प्रमुख अतिथी अच्युत मैनालीले हिजो बिहिबार साझ एक समारोहबीच उद्धाटन गर्नुभएको थियो ।

कार्यक्रमको बिशिष्ठ अतिथिमा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, मिना लामा, निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी, निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना,वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा,वडा नम्बर ६ का वडा अध्यक्ष   घनश्याम तिमल्सिना लगायत स्थानिय राजनितिक दलका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले पनि मेलामा हुनसक्ने अप्रिय घटना रोक्न सुरक्षाकर्मी र स्थानीयले सक्रिय हुनुपर्ने र मेला मेर्न आउनेले सभ्य तरिकाले मेलाको मनोरन्जन लिन समेत आग्रह गर्नु भएको थियो ।

५ दिनसम्म लाग्ने सो गुम्बा मेलामा तामाङ्ग समुदायका श्रद्धालुहरुले मृतक आफन्तहरुको संझनामा बत्ति बाल्ने र सोही अवसरमा गुम्बा परिसरमा रात्री मेला लगाउने चलन रहेको छ । गुम्बामा तामाङ्ग समुदायले हरेक वर्ष कार्तिक पुर्णिमा र चैत्र पुर्णिमाको दिन मृत आफन्तहरुको आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्ने गरेका छन ।  मेलामा भ्वाइसअफ नेपाल सिजन थ्रिको कोच तिर्सना गुरुङ्ग सहित चर्चित गायक उर्गेन दोङ्ग, रचना रिमाल, प्रतीक भ्लोन, संजिब घिसिङ्ग सहित स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने मेला आयोजक समितिले निजगढ डटकमलाई बताएको छ ।  साथै मेलामा स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय